बाहिरिन थाले भेडाच्याङ्ग्रा
gorkhapatraonline.com · Fri Oct 09 04:19:18 GMT 2026

यस पटक मुस्ताङबाट गत वर्षको भन्दा कम भेडाच्याङ्ग्रा बजारमा जाने व्यापारीले बताएका छन् ।
बाढीपहिरोका कारण देशभर चाडपर्वमा रौनकता घटेको, मुख्य खपत हुने बजारसम्म पुग्ने सडक सञ्जाल अवरुद्ध भएकाले पनि यस पटक भेडाच्याङ्ग्राको व्यापार कम हुने भएको छ । गत वर्ष मुस्ताङबाट १८ हजार भेडाच्याङ्ग्रा बाहिरिएका थिए भने यस पटक हालसम्म १० हजारको स्वास्थ्य परीक्षण गरी जिल्लाबाहिर पठाइएको छ। जिल्लाभित्र रहेका पशुपालक कृषकले पाँच हजार भेडाच्याङ्ग्रा बिक्री गरिसकेका छन् भने छिमेकी जिल्ला डोल्पाबाट थप पाँच हजार मुस्ताङ हुँदै बाहिरिएको कृषि तथा पशु विकास कार्यालय मुस्ताङले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)