बरुवा क्याम्पसमा प्राविधिक सहित नयाँ शैक्षिक कार्यक्रम विस्तार
newsofnepal.com · Fri Oct 09 04:24:09 GMT 2026

उदयपुर ।
उदयपुरको त्रियुगा नगरपालिका–१२ स्थित बरुवा क्याम्पस गाईघाटको क्याम्पस सभा तथा १७ औँ वार्षिक साधारण सोमबार क्याम्पस परिसरमा सम्पन्न भएको छ । क्याम्पसका अध्यक्ष तथा त्रियुगा नगरपालिकाका पूर्व नगरप्रमुख बलदेव चौधरीको अध्यक्षतामा सम्पन्न सभाले गत आर्थिक वर्षको आर्थिक प्रतिवेदन तथा लेखापरीक्षण प्रतिवेदन पारित गरेको हो । क्याम्पसको सभा हलमा आयोजित साधारण सभाको उद्घाटन कोशी प्रदेश सभाकी उपसभामुख सिर्जना दनुवारले गर्नुभएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)