कांग्रेस १५ औँ महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि मतदान जारी
annapurnapost.com · Fri Oct 09 04:29:56 GMT 2026

काठमाडौं : नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान जारी छ। शुक्रबार बिहान ७ बजेदेखि मतदान भइरहेको छ।
ज्येष्ठ महाधिवेशन प्रतिनिधि शोभाकान्त बरालले गण्डकी प्रदेशको तर्फबाट पहिलो मत खसालेका छन्। मतदानका लागि मतदाताहरू बिहानैदेखि लाइनमा बसेका थिए। निर्वाचन समितिका अनुसार दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको छ। मतदानमा ७ हजार ३ सय १७ महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)