मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एउटा युग, दुई नायक : बिदाइ किन फरक ?

khabarhub.com · Fri Oct 09 04:34:13 GMT 2026

फुटबलको पछिल्लो दुई दशक सम्झिँदा दुई नाम स्वतः अगाडि आउँछन्-लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डो। मैदानमा यी दुईबीचको प्रतिस्पर्धा यति गहिरो थियो कि एउटा पुस्ताको फुटबल नै उनीहरूको नाममा विभाजित भएको जस्तो देखिन्थ्यो। कसैका लागि मेसी उत्कृष्ट थिए, कसैका लागि रोनाल्डो। तर उनीहरूको प्रतिस्पर्धाले विश्व फुटबललाई जुन उचाइमा पुर्यायो, त्यो इतिहासमा लामो समयसम्म चर्चा भइरहनेछ।

दुवैले रेकर्ड बनाए, व्यक्तिगत पुरस्कार जिते, क्लब फुटबलमा असम्भवजस्ता देखिने उपलब्धि हासिल गरे र करोडौँ समर्थक कमाए। तर अहिले उनीहरूको करिअरको अन्तिम अध्यायतर्फ फुटबल अघि बढ्दै गर्दा एउटा रोचक दृश्य देखिएको छ- एउटै युगका दुई महानायकले अन्तर्राष्ट्रिय फुटबललाई बिदाइ गर्ने शैली भने बिल्कुलै फरक रोजेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)