प्रतिनिधिसभा विघटनको सुनुवाई आज, कस्तो बन्ला नयाँ इजलास ?
kharibot.com · Sat Jun 05 23:15:00 GMT 2021
काठमाडौँ । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आज संबैधानिक इजलासमा सुनुवाई हुदै छ । यस अघि इजलास गठनमा विवाद भएपछि संवैधानिक इजलास पुनः गठनको प्रक्रिया अघि बढेपछि आजदेखि शुरु हुने सुनुवाईमा कस्तो इजलास गठन होला भन्ने कौतुहलता बढेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु डा आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठको संवैधानिक इजलासमा न्यायाधीशद्व केसी र श्रेष्ठले नेकपा पार्टी एकता र दर्ताको पुनरावलोकन अनुमति दिने फैसला गरेको विषयलाई प्रश्न उठाइएको थियो । यही विवाद लम्बिएर सुनुवाइ प्रभावित हुने भएपछि प्रधानन्यायाधीश जबराले वरिष्ठताका आधारमा नयाँ संवैधानिक इजलास गठन गर्ने निर्णयसहित यही आजका लागि पेशी तोकेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)