स्थानीय सरकारको अधिकार कुण्ठित हुने सबै कानुन स्वतः खारेजी हुनुपर्छ : नगरपालिका संघ
ekantipur.com · Wed Dec 21 16:48:56 GMT 2022
काठमाडौँ — नेपाल नगरपालिका संघले संवैधानिक व्यवस्थाबमोजिम स्थानीय सरकारको अधिकार कुण्ठित हुने सबै कानुन स्वतः खारेजी हुनुपर्ने माग गरेको छ । संविधान प्रदत्त स्थानीय तहको २२ वटा एकल अधिकार सूची उपभोग सुनिश्चित गर्न पनि संघ र प्रदेश सरकारसँग माग गरिएको छ । संघीय राजधानी काठमाडौंमा संघको आठौं राष्ट्रिय अधिवेशन बुधबार सकिएलगत्तै विभिन्नमा समेटिएको २५ बुँदे घोषणापत्र जारी गरिएको हो ।
घोषणापत्रमा संविधान अनुकूल संघ, प्रदेश र स्थानीय तहबीच समन्वय, सहकारिता र सहअस्तित्वको मूल मर्मअनुसार साझा हित र सरोकारको विषयमा अधिकारको प्रयोग गर्दा अर्को तहको अस्तित्व र कार्यगत स्वायत्तताको सम्मान हुनुपर्ने उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)