विश्व कप क्रिकेटमा भारतले इङ्ल्यान्डलाई एक सय रनले हरायो
Ujyaaloonline.com · Mon Oct 30 00:28:41 GMT 2023
काठमाण्डाै - आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले इङ्ल्यान्डलाई एक सय रनले हराएको छ । गएराति लखनउमा सकिएको खेलमा भारतले दिएको २३० रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड ३४ ओभर ५ बलमा १२९ रन बनाएर अलआउट भयो ।
इङ्ल्यान्डका लागि लियम लिभिङ्गस्टोनले सर्वाधिकर २७ रन जोडे । त्यस्तै, डेविड विलीले र डेविड मलानले समान १६/१६ रन बनाए भने मोइन अलीले १५ तथा जोनी बेरिस्टोले १४ रन जोडे । भारतका लागि मोहम्मद शामीले चार विकेट लिए भने जस्प्रित बुमराहले तीन विकेट लिए ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)