पाँच दिन अघि विवाह भएकी पवित्रा टिकटक बनाउँदा सेती नदीमा खसेर बेपत्ता
hamrakura.com · Tue Sep 14 00:00:00 GMT 2021
पोखरा । तनहुँस्थित सेती नदीमा खसेर एक नवदुलही बेपत्ता भएकी छन् । मङ्गलवार दिउसो तनहुँको शुक्लागण्डकी स्थित सेती नदीमा खसेर ती उनी बेपत्ता भएकी हुन् । श्रोतका अनुसार उनको यही भदौ २६ गते भिमादको किहूँस्थित हरिप्रसाद सिग्देलसंग विवाह भएको हो।
स्याङ्गजा जिल्ला हरिनाश गाउँपालिका घर भई हाल शुक्लागण्डकी नगरपालिका वडा नं ८ लालिम बस्दै आएकी १९ वर्षकी पवित्रा लम्साल नदीमा खसेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)