मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गुणस्तरीय शिक्षानिम्ति समन्वयमा जोड

gorkhapatraonline.com · Fri Oct 09 05:02:15 GMT 2026

बैतडीका स्थानीय तहले विद्यालय शिक्षाको गुणस्तर सुधारका लागि शिक्षक, अभिभावक, विद्यार्थी र स्थानीय सरकारबिच प्रभावकारी समन्वय आवश्यक रहेकोमा जोड दिएका छन् । शिक्षाविद्सहित शिक्षाक्षेत्रका सरोकारवालासँग गरिएको शैक्षिक परामर्शमा स्थानीय तहको वर्तमान शैक्षिक अवस्था, चुनौती र सुधारका उपायबारे छलफल गर्दै गुणस्तरीय शिक्षालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइएको हो ।

मेलौली नगरपालिका र पञ्चेश्वर गाउँपालिकाले आयोजना गरेका छुट्टाछुट्टै शैक्षिक परामर्श कार्यक्रममा शिक्षाविद्, प्रधानाध्यापक, शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा शिक्षाक्षेत्रका सरोकारवालाले विद्यालयको शैक्षिक गुणस्तर सुधारका विषयमा छलफल गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)