मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

उपमेयर गोल्डकपको उपाधि झापालाई

annapurnapost.com · Sun May 07 00:28:59 GMT 2023

उदयपुर : प्रथम उप-मेयर गोल्डकप महिला फुटबल प्रतियोगिताको उपाधि अलइनवन क्लव झापाले चुमेको छ। त्रियुगा नगरपालिका उपमेयर कोषको सहयोगमा उदयपुर फुटबल संघले आयोजना गरेको प्रतियोगिताको शनिबार भएको फाइनल खेलमा पिएसडव्लुसी पथरी मोरङलाई ३-० ले पछि पार्दै झापाले जित निकालेको हो।

निर्धारित ८० मिनेटको खेलमा झापाको तर्फबाट पहिलो हाफको २९ औं मिनेटमा रजनी थोकरले खाता खोलेकी थिइन्। लगत्तै ३२ औं मिनेटमा थोकरले दास्रो गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन्। सुरुवाती चरणदेखि नै दबाबमा पारेको झापाले दोस्रो हाफको ३२ औं मिनेटमा झापाका मेनुका आलेमगरले थप एक गोल गर्दै सहज जित निकालेकी थिइन्।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)