मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

मैतोलावासी केरा खेतीमा आकर्षित

gorkhapatraonline.com · Fri Oct 09 05:07:39 GMT 2026

बाजुराको खप्तडछेडेदह–६ को मैतोलावासी केरा खेतीमा आकर्षित हुन थालेका छन् । गाउँमा उत्पादन भएको अर्गानिक केराले बजार पाउने सम्भावना देखिएपछि मैतोलवासीको केरा खेतीमा आकर्षण बढ्दै गएको हो ।

मैतालाको जमिन केरा खेतीका लागि निकै उर्वर छ । यहाँ अहिले स्थानीय जातको केरा राम्रो उत्पादन भइरहेको छ । पछिल्लो समय गाउँमा सडक पुगेसँगै यहाँको उत्पादन बजार पुर्‍याउन पनि सहज हुनु थालेको स्थानीय खगेन्द्रनाथ योगीले बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)