छ वर्षमा एक तिहाइ पनि भएन काम
gorkhapatraonline.com · Fri Oct 09 05:10:45 GMT 2026

। ताप्लेजुङको सदरमुकाम फुङलिङदेखि मिक्वाखोला गाउँपालिका जोड्ने नयाँ बसपार्क–माछापोखरी–हिरेवा दोभान सडक निर्माण सुरु भएको छ वर्ष पुग्न लाग्दा पनि एक तिहाइ काम पूरा भएको छैन । सडक निर्माणमा भएको ढिलाइका कारण स्थानीयवासीले सास्ती खेप्नु परेको छ भने पर्यटकीय क्षेत्रको विकाससमेत प्रभावित भएको छ ।
२०७७ साल फागुन ३० गते गौरी पार्वती तथा प्रतिष्ठा जेभीले नौ किलोमिटर सडक निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो । सम्झौता अनुसार निर्धारित समयमा काम सम्पन्न हुन नसकेपछि दुई पटक म्याद थप गरिएको छ । तर थपिएको समयसमेत सकिन लाग्दा सडकको भौतिक प्रगति एक तिहाइभन्दा कम रहेको तमोर कोरिडोर (सुभाङखोला–दोभान–ओलाङचुङगोला) सडक योजनाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)