सत्ता र विपक्षी दुबै मध्यरात बजेट सक्ने खेलमा
janaaastha.com · Sun Jul 10 14:45:54 GMT 2022
रोल्पाको थवाङ यस्तो ठाउँ हो जहाँ स्थानीयको अनुकूलमा प्रहरी र प्रशासन चल्नुपर्ने हुन्छ । यस्तै घटनाले थवाङ फेरि चर्चामा आएको छ । आज बिहानै गाउँपालिकाका कर्मचारीहरुले विज्ञप्ति नै जारी गर्नुपर्ने अवस्था आयो ।
आर्थिक वर्षको अन्तिम कारोबारका दिन शनिवार मध्यरातसम्म कर्मचारीहरु आफ्नो काममा व्यस्त थिए,सोही क्रममा एक हुल मान्छे गाउँपालिकाको कार्यालयमा प्रवेश गरे । केही कागजात हातमा लिएर आएका उनीहरुले मध्यरात जबर्जस्ती भुक्तानी गर्न दबाव दिएपछि कर्मचारीहरु सशंकित भए ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)