मध्यावधि चुनावअघि इरानमा आक्रमण नगर्ने ट्रम्पको घोषणा
ratopati.com · Fri Oct 09 05:19:46 GMT 2026

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनअघि इरानमाथि आक्रमण नगर्ने घोषणा गरेका छन् । उनले इरानसँग फलदायी छलफल भइरहेको बताउँदै आर्थिक र सैन्य रूपमा इरान कमजोर अवस्थामा रहेको दाबी गरेका छन् ।
ट्रम्पको घोषणाअघि अमेरिकी सञ्चारमाध्यमले ह्वाइट हाउसले इरानका सम्भावित सैन्य लक्ष्यमा आक्रमणको योजना बनाउन पेन्टागनलाई निर्देशन दिएको समाचार सार्वजनिक गरेका थिए । यसैबिच, हर्मुज जलघाँटीमा तनाव र यमनका इरानसमर्थित हुथी तथा साउदी अरबबीचको शत्रुताले कच्चा तेलको मूल्य प्रतिब्यारेल १०५.८८ अमेरिकी डलरसम्म पुगेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)