कांग्रेस १५ औं महाधिवेशन :उपसभापतिदेखि सदस्यसम्म स्याङ्जाबाट १६ जना उम्मेदवार
annapurnapost.com · Fri Oct 09 05:14:37 GMT 2026

स्याङ्जा : नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा स्याङ्जाबाट प्रतिनिधित्व गर्ने १६ जना महाधिवेशन प्रतिनिधिले केन्द्रीय कार्यसमितिका विभिन्न पदमा उम्मेदवारी दिएका छन्। केन्द्रीय कार्यसमितिको उपसभापति पदमा एकजनाले र केन्द्रीय सदस्य पदमा १५ जनाले उम्मेदवारी दर्ता गराएका हुन्।