सुनको भाउ घट्यो, चाँदीको बढ्यो
Ujyaaloonline.com · Fri Feb 27 05:19:52 GMT 2026

काठमाण्डौ — आज सुनको भाउ घटेको छ भने चाँदीको भाउ बढेको छ । सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले घटेको हो । सुनको भाउ तोलामा ५ सय रुपैयाँले घटेर ३ लाख १४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको ३ लाख १५ हजार ४ सय रुपैयाँ थियो ।
यस्तै आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेको छ । चाँदीको भाउ आज तोलाको ५ हजार ७ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको ५ हजार ७ सय २५ रुपैयाँ थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)