पोखरा स्कुल बस दुर्घटना : मृ'तक र घाइतेको पहिचान खुल्यो, ५ जनाको मृ'त्यु
barnanmedia.com · Fri Oct 09 05:23:21 GMT 2026

पोखरा महानगरपालिका–२८ माझठानाबाट कालिकातर्फ आउँदै गरेको स्कुल बस दुर्घटनामा परी मृ'त्यु भएका पाँच जनामध्ये तीन जनाको पहिचान खुलेको छ । दुर्घटनामा अन्य १४ जना घा'इते भएका छन् ।
ट्युसन पढ्न जाँदै गरेका कक्षा १० का विद्यार्थी सवार बस दुर्घटनामा परेको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत गण्डकी अस्पतालका अनुसार मृ'त्यु हुनेमा ममता तिवारी (अनुमानित उमेर १२/१३ वर्ष), अशिम कँडेल (अनुमानित उमेर १३/१४ वर्ष) र पोखरा–२८ का ६५ वर्षीय बाबुराम तिवारी छन् । उनीहरूलाई बिहान ८:३५ बजे मृ'त घोषणा गरिएको थियो । बाबुराम उपचारका लागि लिफ्ट मागेर बसमा चढेका यात्रु रहेको जनाइएको छ । बाँकी दुई जनाको पहिचान खुल्न सकेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)