मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

धनकुटामा सडक दुर्घटना न्यूनीकरण तथा उद्धार अभ्यास

barnanmedia.com · Fri Oct 09 05:25:05 GMT 2026

सडक दुर्घटना न्यूनीकरण तथा दुर्घटनापछिको उद्धार कार्यलाई प्रभावकारी बनाउने उद्देश्यले धनकुटामा सडक दुर्घटना तथा उद्धारसम्बन्धी संयुक्त अभ्यास गरिएको छ। जिल्ला सुरक्षा समिति धनकुटाको आयोजनामा शुक्रबार धनकुटा बसपार्कमा विपद् जोखिम न्यूनीकरणसम्बन्धी उक्त अभ्यास गरिएको हो।

अभ्यासमा जिल्ला प्रहरी कार्यालय धनकुटा, सशस्त्र प्रहरी बल नेपाल नं. ६ गुल्म हेडक्वार्टर छिन्ताङ र नेपाली सेनाको भीमदल गण, सल्लेरी ब्यारेक धनकुटाका सुरक्षाकर्मी सहभागी भएका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)