मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

सुटुक्क फर्किए प्रशिक्षक प्रभाकर

ekantipur.com · Tue Dec 13 01:10:09 GMT 2022

काठमाडौँ — नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट भारतीय प्रशिक्षक मनोज प्रभाकर अलग भएका छन् । नेपाली क्रिकेटको निकै व्यस्त र चुनौतीपूर्ण समयको अवस्थामा प्रभाकर सोमबार बिहान दिल्ली फर्किएका हुन् । नेपालको प्रमुख प्रशिक्षकका रूपमा उनको कार्यकाल केवल चार महिनामात्र रह्यो ।

एकवर्षे सम्झौतासहित क्यानडाका पुबुदु दासानायकेको स्थान लिन उनी अगस्ट दोस्रो साता नेपाल आएका थिए । तर केही प्रमुख खेलाडीसँगको वादविवाद तथा अघिल्लो साता नामिबिया भ्रमणमा निराशाजनक प्रदर्शनपछि क्यानले राजीनामा गर्न बाध्य पारेपछि प्रभाकर नेपाल छाड्न राजी भएको स्रोतको दाबी छ । क्यानले प्रभाकरको बिदाइबारे केही आधिकारिक जानकारी दिएको छैन ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)