राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु
ratopati.com · Fri Oct 09 05:40:52 GMT 2026

दाङ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवाको उद्घाटन गरेका छन् । प्रतिष्ठानको नवौँ वार्षिकोत्सवका अवसरमा उनले उक्त सेवाको शुभारम्भ गरेका छन् ।
क्याथ ल्याब सेवा सञ्चालनमा आएसँगै प्रतिष्ठानमा मुटुसम्बन्धी रोगको परीक्षण तथा उपचार सेवा विस्तार हुने अपेक्षा गरिएको छ । यसबाट दाङसहित आसपासका जिल्लाका नागरिकलाई मुटुसम्बन्धी उपचारका लागि टाढाका अस्पतालमा जानुपर्ने बाध्यता कम गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)