मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उपत्यका अपराध अनुसन्धान कार्यालयले आजदेखि टेकुबाट सेवा दिँदै

barnanmedia.com · Mon Jul 08 23:44:18 UTC 2024

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले आजदेखि काठमाडौँ महानगरपालिका–१२ स्थित टेकुबाट सेवा प्रवाह सुरु गरेको छ । विगतमा जिल्ला प्रहरी परिसर काठमाडौँले सेवा प्रदान गर्दै आएको टेकुस्थित कार्यालयबाट सेवा प्रवाह सुरु गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक अङ्गुर जिसीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “हाम्रो भवन टेकुमै निर्माणाधीन अवस्थामा छ, आजदेखि विगतमा जिल्ला प्रहरी परिसर काठमाडौँले सेवा प्रदान गर्दै आएको टेकुस्थित कार्यालयबाट सेवा प्रवाह सुरु गरेका छौँ ।” उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले आज पूजापाठ गरी कामकाज सुरु गर्नुभएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)