८७ वर्षीया ‘मारिकार्मेन’को मृत्युपछि स्पेनमा चर्कियो आवास संकटविरुद्ध प्रदर्शन
ratopati.com · Fri Oct 09 05:45:21 GMT 2026

म्याड्रिड । स्पेनमा ८७ वर्षीया मारिया डेल कार्मेन अबास्कालको मृत्युपछि आवास संकटविरुद्ध देशव्यापी प्रदर्शन चर्किएको छ । घरबाट निकालिएपछि बिरामी परेकी अबास्कालको मृत्युलाई लिएर हजारौँ मानिसले राजधानी म्याड्रिडस्थित संसद् भवनबाहिर प्रदर्शन गरेका छन् ।
अबास्कालको मृत्युको घटनाले घरको बढ्दो भाडा, आवासको अभाव र विस्थापनको समस्या राष्ट्रिय बहसको केन्द्रमा ल्याएको छ । अबास्कालको बुधबार मृत्यु भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)