कोरला नाकाबाट ५४३ टन फलफूल आयात
nepalnews.com · Fri Oct 09 05:48:28 GMT 2026

मुस्ताङ। चीनबाट ११ दिनको अवधिमा पाँच सय ४३ टन फलफूल आयात भएको छ। नेपाल–चीन उत्तरी कोरला नाकाबाट उक्त फलफूल आयात भएको हो।
कोरलास्थित लोमान्थाङ–४ न्हेचुङस्थित क्वारेन्टाइन कार्यालयका अनुसार भारी वर्षा र हिमपातपछि कोरला नाकाबाट उक्त परिमाणमा चिनियाँ फलफूल भित्रिएको जनाएको हो। क्वारेन्टाइन कार्यालयका प्राविधिक सहायक बन्दना घर्तीमगरका अनुसार पछिल्लो ११ दिनमा कोरला नाका हुँदै स्याउ ८७ दशमलव ३०० टन, आँप १६ दशमलव १०० टन र ड्रागन फ्रुट आठ दशमलव ३१६ टन चिनियाँ फलफूल नेपाल भित्रिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)