साउदीमा नेपाली श्रमिकको शव सहमतिबिना दफन, १५ महिनापछि उत्खनन
ekantipur.com · Mon Jul 08 23:39:20 UTC 2024

काठमाडौँ — चारवर्षे छोरालाई सुताइरहेकी २५ वर्षीया पूजा तामाङलाई मध्यरातमा साउदी अरबबाट फोन आयो । फोन श्रीमान् लोकबहादुर सुनुवारको थिएन, जेठाजु पूर्णको थियो । उनी फोनमा रुँदै भनिरहेका थिए, ‘आज साँझ लोकबहादुरलाई करेन्ट लागेछ, बहोस छन्, अस्पतालमा उपचार हुँदै छ ।’
त्यो दिन थियो– १९ वैशाख २०८० । वीरगन्ज महानगरपालिका–३२, पर्साका लोकबहादुर दुई वर्षदेखि साउदी अरबको जिजान प्रान्तको वेसस्थित ‘मोडर्न स्टार लाउन्ड्री कार सर्भिसेज’मा कार धुने काम गर्दै आइरहेका थिए । महिनाको एक हजार रियाल पाउँथे । त्यो साँझ १७:४२ बजे गाडी धोई–पखाली मेसिन अफ गर्न खोज्दा लोकबहादुर भुइँमा पछारिए । सहकर्मी देवराज मोक्तान र श्यामबहादुर लोप्चन सँगै थिए । विद्युतीय झड्का लागेर घाइते भएका लोकबहादुरलाई वेस जनरल हस्पिटलमा भर्ना गरियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)