मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

छोपिएको भूस्वर्गमा प्रकाशपर्व

baahrakhari.com · Sat Apr 02 01:01:00 GMT 2022

नियात्रा साहित्यको लोकप्रियातामा कुनै प्रश्न छैन, तर समकालीन नियात्राले दुईवटा मर्यादा गुमाउँदै लगेको महसुस गरिएको छ । पहिलो, यसले आफ्नो ‘नि’ शब्दांश गुमाउँदै लगेको र ‘निबन्ध’ हुनुको गुण अथवा ‘निजात्मकता’सँग नराम्रो गरी सम्झौता गर्दै यो यात्रा–विवरण बढी भइरहेको देखिएको छ । त्यसो हुँदा यो साहित्य कम र भूगोल, पर्यटन व्यवसायको पम्प्लेट अथवा गुगलमा पाइने सामान्य ज्ञान बढी भइरहेको छ । अधिकांश नियात्रा–कृतिले बौद्धिक, चिन्तनशील र ज्ञानार्थी पाठकलाई निराश पार्दै लगेको महसुस गरिएको छ । दोस्रो, सिर्जनात्मक साहित्य हुनुको सर्तमा नियात्राले यात्रामा फेलापरेका पडाउहरूबीच यति वा विश्रामका लागि स्थान छोड्नुपर्ने हुन्छ, जहाँबाट नियात्राकारले आफूले तय गरेको यात्राका बीचका घुम्तीहरूमाथि चिन्तन गरोस्, रोकिएर अनुसन्धान गरोस्, अन्वेषण गरोस् र पाठकलाई पनि त्यस ध्यानको उच्चतासम्म डोर्याएर ध्यानमग्न बनाओस् । तर, यसो भएको हत्तपत्त देखिँदैन ।

आजको मितिमा नियात्रा साहित्यका यी दुई उदात्त, तर कठिन सर्तहरू पूर्ण रूपेण पालना गर्दै आफूलाई पाठकमाझ उत्तिकै लोकप्रियताका साथ स्थापित गरिरहने थोरै नेपाली नियात्राकारहरूमध्येका एक हुन्, प्रतीक ढकाल । उनको लोकप्रियताको उध्र्वगामी मार्गको प्रमाण उनका एकपछि एक आएका नियात्राकृतिहरू हुन्, जो सधैँ चर्चाको चुलीमा रहे । र, तीमध्ये कुनैले पनि प्रथम संस्करणमै मृत्युवरण गर्नु परेन । तिनको फैलावट जारी छ र तीमध्ये कतिपयले आज नेपाली भाषाको भूगोल नाघेर अन्तर्राष्ट्रिय विस्तारको धावनमार्ग समातिसकेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)