मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

काठमान्डु पोस्ट सम्पादकमा बराल

ekantipur.com · Tue Sep 06 00:55:02 GMT 2022

काठमाडौँ — द काठमान्डु पोस्टको सम्पादकमा विश्वास बराल नियुक्त भएका छन् । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष एवं प्रबन्ध निर्देशक कैलाश सिरोहियाले सोमबार उनलाई स्वागत गरे ।

अध्यक्ष सिरोहियाले बरालको आगमनसँगै द काठमान्डु पोस्ट र समग्र अंग्रेजी पत्रकारिता अझ समृद्ध हुने विश्वास व्यक्त गरे । ‘हामी विश्वस्त छौं, अंग्रेजी पत्रकारितामा द काठमान्डु पोस्टले वर्षौंदेखि आर्जन गरिरहेको प्रतिष्ठा र उचाइलाई नयाँ सम्पादकले अझ माथिल्लो स्तरमा पुर्‍याउनुहुनेछ,’ उनले भने ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)