प्रसाईंलाई भारतीय प्रहरीले सुरक्षित नेपाल आउन सघाएको भन्दै जनआन्दोलन समितिले दियो धन्यवाद
nepalpress.com · Thu Apr 10 18:03:18 GMT 2025

काठमाडौं । राजसंस्था पुनःस्थापनाका लागि बनेको संयुक्त जनआन्दोलन समितिले दुर्गा प्रसाईंले प्रहरीसामु आत्मसमर्पण नगरेको जनाएको छ । उनले आफूलाई सुरक्षित नेपालसम्म पुर्याइदिन भारतीय प्रहरीलाई अनुरोधमात्र गरेको समितिको भनाइ छ ।
दुर्गा प्रसाईं भारतमा पक्राउ परेको समाचारहरू आएपछि समितिका प्रवक्ता स्वागत नेपालले एक विज्ञप्ति जारी गरी प्रष्टीकरण दिएका हुन् । उनले प्रसाईंको जीउज्यानको सुरक्षा गर्न माग गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)