मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

फास्ट ट्रयाकमा ३ सातापछि सुरुङ निर्माण पुन: सुरु

ekantipur.com · Sat Jun 25 01:07:31 GMT 2022

काठमाडौँ — काठमाडौं–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) को सुरुङ निर्माणमा निलम्बन गरिएका दुई कम्पनीलाई कारबाही फुकुवा गरेर २२ दिनपछि काम पुन: सुरु गरिएको छ । निर्माणको ठेक्का लिएका दुई चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन र पोली चङ्दा इन्जिनियरिङ कर्पोरेसनलाई छिटो र गुणस्तरीय काम नगरेको भन्दै गत जेठ ९ मा निलम्बन गरिएको थियो ।

यी कम्पनीले निर्माण गरिरहेको सुरुङको गुणस्तर, कामको गति सबै हेरेर गत जेठ ३१ मा पुन: काम सुरु गर्न भनिएको सैनिक प्रवक्ता सहायक रथी नारायण सिलवालले जानकारी दिए । ‘केही समय रोकिएको दुवै प्याकेजमा काम सुरु भएको छ,’ उनले भने, ‘निर्माणको स्थलगत निरीक्षण गर्दै कामको कार्य प्रगति समीक्षा गरेपछि काम सुरु गर्ने आदेश भएको हो ।’

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)