गायक पशुपति शर्मा लोकदोहोरी प्रतिष्ठानको अध्यक्षमा निर्विरोध
kendrabindu.com · Fri Oct 09 06:20:26 GMT 2026

काठमाडौं । चर्चित लोकदोहोरी गायक पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्।
महोत्तरीको बर्दिबासमा जारी प्रतिष्ठानको नवौँ केन्द्रीय महाधिवेशनमा अध्यक्ष पदमा शर्माको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध चयन भएका हुन्। यसअघि वरिष्ठ उपाध्यक्ष रहेका शर्मा मौलिक लोकभाका र व्यङ्ग्यात्मक गीतका कारण लोकप्रिय छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)