कांग्रेस महाधिवेशन : कति खस्यो मत ?
hamrakura.com · Fri Oct 09 00:00:00 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू चयनका लागि जारी मतदान प्रक्रियामा सुरुआती दुई घण्टामा एक हजार २९३ मत खसेको छ। बिहान ८:३० बजेदेखि १०:३० बजेसम्मको प्राप्त विवरणअनुसार विभिन्न प्रदेश तथा क्षेत्रका महाधिवेशन प्रतिनिधिहरूले उत्साहजनक रूपमा सहभागी भई आफ्नो मताधिकार प्रयोग गरेका हुन्।
निर्वाचन समितिका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशबाट २५७, कोशी प्रदेशबाट २२२, बागमती प्रदेशबाट २१७, लुम्बिनी प्रदेशबाट २०२ र गण्डकी प्रदेशबाट १८८ मत खसेको छ। नयाँ नेतृत्व चयनका लागि राष्ट्रिय सभागृह तथा खुलामञ्चलगायत तोकिएका मतदान केन्द्रहरूमा बिहानैदेखि महाधिवेशन प्रतिनिधिहरूको बाक्लो उपस्थिति, चहलपहल र उत्साह देखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)