कांग्रेस महाधिवेशन: दुई घण्टामा १ हजार २९३ मत खस्यो
nepalsamaya.com · Fri Oct 09 06:26:00 GMT 2026

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि मतदान जारी छ। केन्द्रीय निर्वाचन समितिका अनुसार बिहान ८: ३० देखि १०: ३० बजेसम्म दुई घण्टाको अवधिमा १ हजार २९३ मत खसेको छ।
निर्वाचन समितिले सार्वजनिक गरेको विवरणअनुसार कोशी प्रदेशबाट २२२, सुदूरपश्चिम र कर्णालीबाट २५७, लुम्बिनीबाट २०२, गण्डकीबाट १८८, बागमतीबाट २१७ र मधेश प्रदेशबाट २०७ मत खसेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)