हटाइयो मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्याग गरेका व्यक्तिको नामावली
nagariknews.nagariknetwork.com · Fri Oct 09 06:17:15 GMT 2026

मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्याग गरेका गरी दुई हजार ६०२ जना व्यक्तिको नाम मतदाता नामावलीबाट हटाइएको छ।
काभ्रे जिल्लाको मतदाता नामावली अद्यावधिक गर्ने क्रममा जिल्ला निर्वाचन कार्यालयले सो नामावली हटाएको हो। नामावलीबाट हटाइएकामध्ये मृत्यु भएका एक हजार ४०२, दोहोरो दर्ता भएका एक हजार १९८ र नागरिकता परित्याग गरेका दुई जना रहेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी नरेश मानन्धरले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)