कांग्रेसको मतदान धमाधम
saralpatrika.com · Fri Oct 09 06:31:47 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि धमाधम मतदान भइरहेको छ। दुई घण्टामा १ हजार २९३ जनाले मदान गरेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। कुल मतदाता ७ हजार ३१७ जना रहेको जनाइएको छ।
गोरखाका मतदाता ध्रुवबहादुर पन्तले आफूलाई ३० मिनेट लागेको बताए। उनीसँगै रहेका अर्का मतदाताले आफूलाई करिब ४५ मिनेट लागेको बताए।