ट्रम्पले नाडेला लगायतका टेक अर्बपतिहरूको सम्मान गर्दा उपराष्ट्रपति भ्यान्सले माइक्रोसफ्टको ग्रिन कार्ड प्रक्रियामा लगाए रोक
clickmandu.com · Fri Oct 09 06:33:22 GMT 2026

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले बिहीबार माइक्रोसफ्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सत्य नाडेला जस्ता प्रविधि क्षेत्रका अर्बपतिहरूको प्रशंसा र सम्मान गरेका छन् । तर, त्यसको केही घण्टाअघि नै उपराष्ट्रपति जेडी भ्यान्सले माइक्रोसफ्टलाई एच–१बी भिसा भएका दक्ष विदेशी कामदारहरूका लागि ग्रिन कार्ड आवेदन दिन पाउने कार्यक्रमबाट निलम्बन गरिएको घोषणा गरेपछि राष्ट्रपतिको उक्त कार्यक्रम छायामा परेको थियो ।
धोखाधडी अनुसन्धान कार्यदल (फ्रड टास्क फोर्स) को प्रमुखको रूपमा भ्यान्सको क्षेत्राधिकारभित्र माइक्रोसफ्टमाथिको यो कारबाही परेको थियो । तर, यस कदमले अमेरिकी आर्थिक वृद्धिलाई अघि बढाउने कम्पनीहरू र अमेरिकी कामदारहरूको मूल्यमा भइरहेको भनिएको आप्रवासनलाई घटाउने प्रशासनको प्रयासबीचको तनावलाई उजागर गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)