मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दैलेखका तीन हजार बढी सुकुमवासी लालपुर्जाको पर्खाइमा

khabarhub.com · Fri Oct 09 06:32:10 GMT 2026

दैलेख – कर्णाली प्रदेशको पहाडी भूगोलमा अवस्थित दैलेख जिल्लामा परापूर्वकालदेखि खोला किनार, भिरालो पाखा र वन क्षेत्रको छेउछाउमा कटेरो हालेर बसोबास गर्दै आएका हजारौँ परिवार यतिबेला आफ्नै जमिनको मालिक बन्ने सपना र पहिचान हिनताको छटपटीबीच दिन बिताउन बाध्य छन् ।

राज्यले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्ने नीति अघि सारेपछि दैलेखका कुल तीन हजार ४७२ परिवारले आफ्नै भूमि पाउने आशामा निवेदन दर्ता गराएको वर्षौं बितिसक्दा पनि छानबिन प्रक्रियाले गति लिन सकेको छैन । यसको मुख्य कारक बनेको छ, स्थानीय तहको सुस्तता, फर्जी आवेदनको बाढी र प्रशासनिक, राजनीतिक खिचातानी ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)