भोट दिन विदेशबाट फर्किएका युवाको अपेक्षा : रोजगारीका लागि विदेशिन नपरोस्
Ujyaaloonline.com · Fri Feb 27 06:47:44 GMT 2026

चुनाव आउनै लाग्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन क्षेत्रमा चहलपहल बढेको छ । भोट दिनकै लागि धेरै युवा स्वदेश फर्किएका छन् । चुनावको बेला स्वदेश फर्किनेहरूको आगमन खुशीको क्षण हो । तर यसपटक स्वदेश फर्किँदाको खुशीसँगै अब बन्ने सरकारले रोजगारीका लागि विदेशिनुपर्ने बाध्यता अन्त्य गर्ला भन्ने आशा धेरैमा जागेको छ ।
कोही कम्पनीबाट बिदा मिलाएर आएका छन्, त कोही आकस्मिक बिदा लिएर । कोही भने बिदा नपाएपछि जागिर छाडेर र भिसा रद्द गरेरै भोट दिन आएका छन् । यसरी स्वदेश फर्कनेमध्ये एक हुनुहुन्छ, सिरहाकाे सुखीपुरका अजयकुमार यादव । उहाँ १७ वर्षदेखि वैदेशिक रोजगारीमा हुनुहुन्थ्यो । कम्पनीले बिदा नदिएपछि उहाँ भोट दिनकै लागि भिसा रद्द गरेर स्वदेश फर्कनुभएको छ । १७ वर्ष विदेश बस्दा उहाँले एकपटक पनि मतदान गर्ने अवसर पाउनुभएन । उहाँ भन्नुहुन्छ, ‘यदि विदेशबाटै अनलाइन भोट हाल्न पाएको भए कति सजिलो हुन्थ्यो । धेरै साथीहरू भोट हाल्नकै लागि जागिर छाडेर आएका छन् । कम्पनीले चुनावको बेला छुट्टी दिँदैन, अनि आफ्नो अधिकार प्रयोग गर्न जागिरै छाड्नुपर्ने अवस्था छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)