भद्रगोल वामपन्थी विद्यार्थी संगठन, तथ्यांक माग्दा नेताहरूसँग छैन जवाफ
ratopati.com · Fri Oct 09 06:47:39 GMT 2026

काठमाडौँ । नेपालका विद्यार्थी संगठन कति भद्रगोल तरिकाले चलेका छन् भन्ने ज्वलन्त उदाहरणका रूपमा अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) लाई लिन सकिन्छ । गौरवशाली इतिहास बोकेका यी दुई संगठन गत वर्षको जेनजी आन्दोलनपछि थप अस्तव्यस्त देखिएका छन् ।
यतिसम्म कि संगठनमा नयाँ कति थपिए, कति बाहिरिए भन्ने तथ्यांक अद्यावधिक भएको देखिँदैन । जेनजी आन्दोलनपछि कति विद्यार्थी संगठनमा जोडिए भन्ने विषयमा तथ्यांक माग्दा यी दुवै संगठनका नेतृत्वले दिन सकेनन् । अत्यधिक प्रविधिको युगमा पनि संगठनलाई चुस्तदुरुस्त राख्न नसकेकोप्रति नेताहरूले निरीहता व्यक्त गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)