मधेसमा उकुसमुकुस, आफ्नो साख फर्काउने दाउमा मधेसवादी दल
ratopati.com · Fri Oct 09 06:49:07 GMT 2026

काठमाडौँ । जेनजी आन्दोलनपछि राजनीतिक रूपमा सबैभन्दा बढी क्षति मधेसमा भएको छ । २०६३/०६४ को मधेस आन्दोलनपछि उदय भएको राजनीतिक शक्ति २० वर्ष नपुग्दै समाप्त भयो ।
मधेसलाई आधार क्षेत्र बनाएर राजनीति गरिरहेका जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनमत पार्टी, नेपाली संघीय समाजवादी पार्टी, नेपाल सद्भावना पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी, आम जनता पार्टीलगायतका पार्टीहरू प्रतिनिधि सभामा प्रतिनिधित्वविहीन भएका छन् । ती दलमध्ये जसपा नेपाल, लोसपा नेपाल (जसपा नेपालसँग एकता भइसकेको), नागरिक उन्मुक्ति पार्टी, नेपाल संघीय समाजवादी पार्टी, जनमत पार्टीको प्रदेश सभामा उपस्थिति छ । यस्तै केही दलको स्थानीय तहमा उपस्थिति छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)