कोरलानाकामा फलफूल थुप्रियो, सडक अवरुद्ध हुँदा ३० लाखको ड्रागन फ्रुटमा क्षति
aarthiknews.com

मुस्ताङ । भारी वर्षा र हिमपातपछि बेनी–जोमसोम–कोरला सडक अवरुद्ध हुँदा चीनबाट कोरलानाका हुँदै आयात भएका फलफूलको ढुवानी प्रभावित भएको छ । सडक अवरुद्ध हुँदा समयमै गन्तव्यमा पुर्याउन नसकिएको करिब आठ टन ड्रागन फ्रुट स्थानीयलाई वितरण गरिएको छ ।
कम्पनीका प्रतिनिधि सुवास सुनुवारका अनुसार करिब २४ लाख ५० हजार रुपैयाँ मूल्यको ड्रागन फ्रुट ढुवानीमा ढिलाइ भएपछि बिहीबार जोमसोममा स्थानीयलाई वितरण गरिएको हो । कन्टेनरमा रहेको फलफूल कुहिएर नष्ट हुन सक्ने जोखिम बढेपछि वितरण गरिएको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)