मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कुर्मी हत्याको अनुसन्धान गर्ने सहमति

gorkhapatraonline.com · Wed Feb 15 00:44:24 GMT 2023

काठमाडौँ, फागुन ३ गते । बाँकेको नेपालगञ्जकी निर्मला कुर्मीको न्यायका लागि आन्दोलनरत पक्ष र सरकारबीच तीन बुँदे सहमति भएको छ। सरकारसँग सहमति भएपछि महिला अधिकार मञ्च बाँकेको अगुवाइमा ४८ दिनदेखि काठमाडौँको माइतीघर मण्डलामा जारी आन्दोलन स्थगित भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंह र प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहसहित आन्दोलनरत पक्षसँग प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार भएको वार्तापछि सहमति जुटेको हो। सरकारका तर्फबाट गृह मन्त्रालयका सहसचिव जितेन्द्र बस्नेत र आन्दोलनरत पक्षका तर्फबाट अभियन्ता रुबी खानले सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)