मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चुनावका लागि २ लाख २१ हजार कर्मचारी खटिने

Ujyaaloonline.com · Fri Feb 27 06:54:57 GMT 2026

काठमाण्डाै – यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि २ लाख २१ हजार कर्मचारी खटिने भएका छन् । ७७ जिल्लाको १ सय ६५ निर्वाचन क्षेत्रका २३ हजार १ सय १२ केन्द्र र समानुपातिकमा मात्र मत खसाल्ने १ सय ४३ अस्थायी केन्द्रमा गरी २ लाख २१ हजारको सङ्ख्यामा कर्मचारी खटिने भएका हुन् ।

निर्वाचन आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेले ५ सयभन्दा धेरै मतदाता भएका केन्द्रमा ९ जना र ५ सयभन्दा कम मतदाता भएका केन्द्रमा ८ जनाको सङ्ख्यामा कर्मचारी खटाउने व्यवस्था मिलाइएको बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)