भोटेकोशी विपत्तिका ४५ दिन : बगेको बस्ती, हराएको छैन पीडा
nepalnews.com · Fri Oct 09 07:09:11 GMT 2026

रसुवा। रसुवाको भोटेकोशीमा विनाशकारी बाढी गएको ४५ दिन बितिसक्दा पनि स्याफ्रुबेंसीका कान्छा तामाङको मनबाट त्यो कहालीलाग्दो क्षण हटेको छैन। आँखैअगाडि बस्तीलाई बाढीले बढारेको दृश्य उनको स्मृतिमा कहिलेसम्म रहनेछ, थाहा छैन।
अझै पनि कहिलेकाहीँ यी सबै सपना हुन् कि जस्तो लाग्छ कान्छालाई। यतिका दिन बितिसक्दा पनि उनको आँखामा भदौ १० गतेको बाढीको भेल नाच्न छाडेको छैन। बाढीको गड्याङगुडुङ आवाज अझै कानमा गुञ्जिरहन्छ। भेलले बगाउँदै गर्दा आफन्त चिच्याएका थिए। ती आफ्नाहरूको चिच्याहट सम्झँदा मन काँप्न छाडेको छैन। ती घटना बिर्सन सके पो मन भारी हुन छाड्थ्यो कान्छाको।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)