मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नागरिक उड्डयन क्षेत्रको संस्थागत सुधारका लागि दुई विधेयक दर्ता

himalpress.com · Fri Oct 09 07:09:30 GMT 2026

काठमाडौँ- नेपालको नागरिक उड्डयन सेवालाई सुरक्षित, स्तरीय, भरपर्दो र सर्वसुलभ बनाउन नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८३ र नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८३ प्रतिनिधिसभामा दर्ता भएका छन्।

प्रस्तावित व्यवस्थाअनुसार सेवा प्रदायक र नियामकका कार्यहरू छुट्टाछुट्टै संस्थामार्फत सञ्चालन हुनेछन्। यसले विद्यमान स्वार्थको द्वन्द्व अन्त्य गर्दै नियमन तथा सुरक्षा सुपरीवेक्षणलाई थप प्रभावकारी बनाउने लक्ष्य राखेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)