मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

काठमाडौँमा डेरा गरी बस्ने २५० विद्यार्थीलाई विद्युतीय चुलो वितरण

ratopati.com · Fri Oct 09 07:12:50 GMT 2026

काठमाडौँ । काठमाडौँ उपत्यकामा डेरा गरी बस्ने लोपोन्मुख आदिवासी जनजाति तथा दलित वर्गका विद्यार्थीहरूलाई विद्युतीय चुलो वितरण सुरु गरिएको छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले स्वच्छ ऊर्जा कार्यक्रम अन्तर्गत गत मङ्गलबारदेखि विद्यार्थीहरूलाई विद्युतीय चुलो वितरण सुरु गरेको हो ।

केन्द्रका अनुसार असोज २२, २३ र २६ गते सञ्चालन हुने यस कार्यक्रममार्फत काठमाडौँ बाहिरबाट आई उपत्यकामा डेरा गरी बस्ने, स्नातक वा सोभन्दा माथिल्लो तहमा अध्ययनरत करिब २५० जना विद्यार्थीलाई विद्युतीय चुलो वितरण गर्ने भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)