संसद् सुस्त, ‘मिनी संसद्’ अस्तव्यस्त
ekantipur.com · Tue Jun 28 01:14:19 GMT 2022
काठमाडौँ — कार्यकाल सकिन लाग्दासम्म संघीय संसद्मा नागरिकका प्रत्यक्ष सरोकार जोडिएका महत्त्वपूर्ण ५८ वटा विधेयक अलपत्र छन् । संसद्को यही कार्यकालमा टुंगो नलागे यी विधेयकमाथि संसद्ले गरेको मिहिनेत र लगानी खेर जानेछ । तर, उपसभामुख, राष्ट्रिय सभा उपाध्यक्ष र विषयगत समितिका सभापतिसमेत रिक्त हुँदा धेरैजसो विधेयक प्रक्रियामा जानै सकेका छैनन् ।
प्रतिनिधिसभाको उपसभामुख ०७६ फागुन ६ देखि र राष्ट्रिय सभा उपाध्यक्ष ०७८ फागुन २१ देखि रिक्त छन् । ०७८ फागुन २१ देखि राष्ट्रिय सभाका ४ मध्ये ३ समिति र ०७८ असोज २२ देखि प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति सभापतिविहीन छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)