मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मुगुका २० बालिकालाई शान्ति समाजद्वारा छात्रवृत्ति

nagariknews.nagariknetwork.com · Fri Oct 09 07:14:41 GMT 2026

मानव अधिकार तथा शान्ति समाजले मुगुका दलित समुदायका विपन्न २० जना बालिकालाई रु १० हजारका दरले रु दुई लाखको छात्रवृत्ति प्रदान गरेको छ। दश विद्यालयका विपन्न दलित विद्यार्थीलाई रु १० हजारका दरले छात्रवृत्ति वितरण गरिएको हो।

गमगढीमा सम्पन्न शान्ति समाज मुगु शाखाको जिल्ला साधारण सभामा वर्ष २०८३ को छात्रवृत्ति वितरण गरिएको समाजका उपनिर्देशक सरिता पौडेलले राससलाई जानकारी दिए। मुगु शाखा सभापति चित्रबहादुर मल्लको सभापतित्वमा सम्पन्न कार्यक्रममा समाजका महासचिव प्रकाश शाही, सुर्खेत शाखा सभापति एसआर पाण्डे, सचिव रेशमबहादुर भण्डारीलगायतले शान्ति समाजको जलवायु न्याय र सद्भाव प्रवर्द्धन अभियानबारे प्रकाश पारेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)