सडक र पुलको अभावमा कृषियन्त्र खेतसम्म पुर्याउनै मुस्किल, किसानलाई सास्ती
bishowkhabar.com · Fri Oct 09 07:24:14 GMT 2026

काठमाडौं – कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० स्थित कुतियाकवरका किसानले सडक र पुलको अभावमा खेतीपाती गर्न सास्ती खेप्नुपरेको छ । खेतसम्म ट्र्याक्टर तथा अन्य कृषि उपकरण पुर्याउन नसक्दा खनजोतदेखि कृषि उत्पादन बजारसम्म पुर्याएर बिक्री गर्नसमेत समस्या हुने गरेको छ ।
पूर्वमा महाकाली र उत्तरमा जोगबुढा नदीले घेरिएको कुतियाकवरमा ४२ परिवारको बसोबास छ । पश्चिमतर्फ भारतसँग सीमा जोडिएको यस बस्तीका स्थानीयको मुख्य पेसा कृषि हो । यहाँ करिब ५० बिघा खेतीयोग्य जमिन रहेको छ। पछिल्लो समय किसानले धान र गहुँसँगै बेसार तथा विभिन्न तरकारीखेती गर्दै आएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)