सगरमाथाको कथा देखाउँदै रसुवाका विपद् प्रभावितलाई सघाउने अभियानमा हङकङका नेपाली
kalakarmi.com · Fri Oct 09 07:34:19 GMT 2026

हङकङ- रसुवामा हालै आएको बाढीपहिरोबाट विस्थापित परिवारहरूको पुनर्निर्माण तथा पुनर्स्थापनामा सहयोग जुटाउने उद्देश्यले हङकङमा नेपाली वृत्तचित्र ‘रोड टु एभरेष्ट’ को विशेष प्रदर्शन हुने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी नोभेम्बर १, आइतवार साँझ ५ बजे, हुङ होम, काउलुनस्थित सनबिम वाम्पो सिनेमा हलमा वृत्तचित्र प्रदर्शन गर्न लागिएको हो ।
११औँ एनआरएनए डेको अवसरमा आयोजना हुन लागेको यो विशेष प्रदर्शन ‘सगरमाथालाई अनुभव गरौँ, रसुवालाई सहयोग गरौँ’ भन्ने नारासहित हुन लागेको हो । प्रदर्शनमार्फत दर्शकलाई सगरमाथाको रोमाञ्चक यात्रा र नेपालको हिमाली सम्पदाबारे जानकारी गराउनुका साथै बाढीपहिरोबाट प्रभावित रसुवाका परिवारहरूको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि सहयोग जुटाउने उद्देश्य राखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)