लोक तथा दोहोरी गीत प्रतिष्ठानको नेतृत्वमा पशुपति शर्मा, अध्यक्षमा निर्विरोध
khabarhub.com · Fri Oct 09 07:40:37 GMT 2026

काठमाडौं – लोक तथा दोहोरी गीतको क्षेत्रमा लोकप्रिय गायक पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्ष बनेका छन् । महाधिवेशनमा अध्यक्ष पदका लागि उनको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् ।
महोत्तरीको बर्दिबासमा जारी प्रतिष्ठानको नवौँ महाधिवेशनमा बिहीबार मनोनयन दर्ता गरिएको थियो । यसअघि वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हालिरहेका शर्मा अब प्रतिष्ठानको नेतृत्वमा पुगेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)