जनकपुरबाट काठमाडौं आउँदै गरेको बसबाट लागुऔषध बरामद, पाँचजना पक्राउ
annapurnapost.com · Fri Oct 09 07:36:34 GMT 2026

काठमाडौं : सार्वजनिक बसमा सवार यात्रुबाट ३२.७३० ग्राम खैरो हेरोइन बरामद भएको छ। लागूऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुंगाबाट खटिएको संयुक्त टोलीले तीनजना भारतीय र दुईजना नेपालीसहित पाँचजनालाई खैरो हेरोइनसहित पक्राउ गरेको हो।
पक्राउ पर्नेमा भारतको बिहारस्थित समस्तीपुरका १९ वर्षीय पुष्पम प्रकाश,२५ वर्षीय महेश कुमार र १९ वर्षीय सोनु कुमार छन्। त्यस्तै,धादिङको गल्छी गाउँपालिका–६ की २३ वर्षीया कृष्टी खड्की र २५ वर्षीय रामकृष्ण खड्की पनि पक्राउ परेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)